काठमाडौँ । सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपतिसमक्ष संघीय संसद्को दुवै सदनका जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक राखिएको थियो। आजको प्रतिनिधिसभा बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हो।
प्रतिनिधि सभाको बैठक दिउसो तीन बजे र राष्ट्रियसभाको बैठक अपराह्न चार बजेका लागि डाकिएका छन्।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।