२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

अ+ अ-

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा। अग्लो डाँडाको काखमा एक झुपडी। त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार। नजिकै छ, डेढ दर्जनबढी बस्तुभाउ अटाउने गोठ। झुपडीसँगै टाँसिएको तबेला। आँगनमा यत्रतत्र छरिएका लुगा कपडा, भाडाँकुडादेखि काठ दाउरा सबै। यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको।

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ। बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेका रहेछन्।

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कँदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए। लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो। बालबालिका शिक्षाबाट वञ्चित भए। हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे।

२६ वर्षमा १२ सन्तानलाई जन्म

भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो। केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गरिन्। अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो। यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकिन्।

खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष २०५५ सालमै जन्मियो। तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती। अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो। दोस्रो पनि तीनरचार महिनाको बीचमै गुम्यो।

तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे। ‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन’, भिट्टु सम्झिन्छन्, ‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन। न त जाने खर्च नै। चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ।’

भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए। त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो। छोरी जन्मेको एक सातामै उहाँहरू गडरायका वैद्य (जडीबुटी डाक्टर) को सल्लाहमा गए पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो। पहिलो सहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले। गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो। भिट्टुले छोरा जन्मिएको खुसीयालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) मनाए।

सन्तान हुर्कँदै गएपछि घरमा बस्न निकै साँघुरो भयो। त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना

आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाए। जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन्।​​

रिरा खड्का भिट्टुकी माइली छोरी हुन्। उनको उमेर १४ वर्ष भयो। अहिले ३ कक्षामा पढ्छिन्। कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिएका छन्। नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन।

यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताछन्। ‘सबैका छोराछोरी पढ्न जान्छन्। आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ। तर, लुगा कपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन।’ उनी बोल्न नसकी भक्कानिइन। आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उनले बताए। ‘हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले सबै ठग्यो।’ उन भने

अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए। उनले भनिन्, ‘विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ। तर, मसँग सुक्को पैसा छैन। गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ। कताबाट नयाँ पोसाक पाउनु।’

घर जलेर पीडामाथि पीडा

खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो। आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन। ‘डाँडामा भएको घर। निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार। पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपर्थ्यो। दुईचार नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो।’ खड्का सम्झिन्छन्।

खड्काको गोठमा तीन बाख्रा थिए। घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए। बेलुले भनिन्, ‘हामी बेहोस भइसकेका थियौँ। गाउँले आएर आगो फैलन दिएनन्। माटोले निभाएछन्। पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ।’ पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो। ‘त्यो पनि ढिला भइसकेको रहेछ।’ उनले भनिन्।

घरमा बाकस नहुँदा महत्त्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाइन। ‘बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रुपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,’ बेलु भन्छिन्, ‘भरखर किनेका चार पाँच ब्लांकेट, सबै जनाका एकरएक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए।’ त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताइन।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पत्ति जलेर खरानी भयो। आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे। त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताए। ‘कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ। केही किन्न नसक्ने अवस्था भएपछि गाउँ–गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ।’ उनको भनाइ छ।

बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उनको भनाइ छ। ‘गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ’, उनले भनिन्, ‘हुन त ब्रामणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्नुहुन्छ। तर, के गर्नु, पापी पेट मान्दैन। उहाँहरूले चामल पिठो लिएर जाऊ भन्नुहुन्छ, ल्याउँछौँ। त्यसले पनि हप्तौँ दिन छाक टर्छ।’

ओहोरदोहोर गर्दा १० हजार खर्च, राहत मिल्यो सात हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाइन् भिट्टुले। उनको घरबाट पालिका पुग्न झण्डै दुई सय रुपैयाँ जीपभाडा लाग्छ। राहतका लागि उनी दसौँ पटक पालिका पुगिन्। भिट्टु भन्छन्, ‘घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन। तर, पटक–पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो।’

त्यो बीचमा भिट्टुको आठ हजार रुपैयाँ खर्च भइसकेको थियो। ‘तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायाले सहयोग गर्छु भने,’ उनी सम्झिन्छिन्, ‘त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ। तर राहत पाउने कहिले हो कहिले भयो ?’​

पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरिन्। ‘धेरैपछि उनले राहत ल्याइन् सात हजार रुपैयाँ। त्यसबाट रु दुई हजार शिक्षकलाई नै दौडधुप गरेको भनेर भिट्टु खर्च दिइन्। बाँकी पाँच हजार राहत घरमा पुग्यो।’

सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उनका आफन्तलाई नै दोषी ठान्छन् भिट्टु। ‘त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन्। पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ।’ उनले भने। राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउछन्। ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगा कपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उनले सुनाइन्।

गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख

श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए। । खानडाँडामा उनले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ। त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन। ‘डाँडामा पानी छैन, मल पनि हुँदैन। अनि के उत्पादन हुन्थ्यो र रु कहिल्यै काम लाग्न सक्छ भनेर गरा ९समथर बारी० बनाएको हुँ।’ उनले भने।

अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरु छन्। ‘गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,’ भिट्टु भन्छन्, ‘खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन्। म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु।’

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका बस्तुभाउ चराउने गरेको उनी बताउँछन्।

‘घरमा गोरु हेर्ने मान्छे छैन, छोराछोरी स्कुल जान्छन् रे। त्यो समस्या देखाएर गाई गोरु सिधै यतै लिएर आउँछन्। कहिलेकाहीँ चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि ‘हुँदैन’ भन्न सकिँदैन। पालिरहेको छु।’ उनले भने। गोरु मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उनले बताए।

प्रतिक्रिया दिनुहोस