महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा धर्ना शुरु गरेका छन् ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप आज (शुक्रबार)बाट धर्ना सुरु गरेका हुन् ।

महावीरसँगै धर्नामा बसेकाहरूले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति पारित गर्न भन्दै उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका छन् ।

पुनले केही दिनअघि ४ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस