१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष र लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहान साढे ११ बजे अमिक शेरचनसँग शपथ लिने कार्यक्रम तय भएको दुवै प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३५ जनाले समर्थन गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डे गोरखा-२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि त्यहाँ नयाँ गठबन्धन सरकार बनेको हो ।

यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेशका ८ दलका ५२ र १ जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नेपाली कांग्रसेका २७ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टीका ३ जना, जनता समाजवादी पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ /१ जना र एक जना स्वतन्त्र सांसदसमेत गरी ५३ जना सांसदको समर्थन चौधरीलाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस