सामान्य मन्त्री मोदी स्वदेश फिर्ता « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सामान्य मन्त्री मोदी स्वदेश फिर्ता


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर मन्त्री मोदी नेपाल फर्किएका हुन् ।

मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल गए राति दोहा हुँदै स्वदेश फर्किए । उक्त सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्त्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए ।

मन्त्री मोदीले थारु समुदायमा भयावह रूप लिएको सिकलेस एनिमियाको विषयलाई प्राथमिकताका साथ सत्रमा उठाएका थिए । झण्डै डेढ साताको भ्रमणका क्रममा मन्त्री मोदीले संयुक्त राज्य अमेरिकास्थित विभिन्न क्षेत्रको अवलोकन समेत गरेका थिए ।

उक्त कार्यक्रममा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल भएको जनाएको छ । सत्र २८ अप्रिलसम्म जारी रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस