तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
डा. वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।
वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।