रवि लामिछानेले लिए अग्रता, पछि परे एमालेका न्यौपानेले « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रवि लामिछानेले लिए अग्रता, पछि परे एमालेका न्यौपानेले


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन-२ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस