चितवन-२ मा १ बजेबाट मतगणना सुरु गर्ने सहमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवन-२ मा १ बजेबाट मतगणना सुरु गर्ने सहमति


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन-२ को मतगणना १ बजेबाट सुरु हुने भएको छ। आज बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा मतगणना १ बजेबाट सुरु गर्ने सहमति भएको हो।

एमाले र काँग्रेसका उम्मेदवारले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता मिचेको र प्रशासनले त्यसमा साथ दिएको भन्दै असन्तुष्टि जनाएका छन्।

मतगणना स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस