सच्चा कम्युनिस्टहरू एक हौँ : माधव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सच्चा कम्युनिस्टहरू एक हौँ : माधव नेपाल


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सच्चा कम्युनिस्टहरू मिल्नुको विकल्प नभएको बताएका छन् । 

शनिवार काठमाडौँमा आयोजित कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताउँदै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरेका छन् । 

कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको उनको दाबी छ । 

सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्व शक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको बताउँदै उनले कम्युनिस्ट संस्कार अपनाउन बृहत् छलफल र बहस गर्न जरुरी रहेको औँल्याएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस