काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ भने १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २६ जनाको मृत्यु भएको छ ।
एक हजार ८८३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १०६ को नतिजा पोजेटिभ आएको हो । ५८१ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ र एक हजार ३०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४६ जना निको भएका छन् ।