उपनिर्वाचनको दिन मनकामना केबलकार सेवा बन्द हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपनिर्वाचनको दिन मनकामना केबलकार सेवा बन्द हुने


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । मनकामना केबलकारको सेवा बन्द हुने भएको छ ।

आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेकाले सेवा बन्द गर्न लागिएको हो ।

मतदानको दिन मनकामना केबलबार सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा उक्त दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपीठ जाने गर्दछन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस