काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौँको फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर रोक्ने चेतावनीसहित सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका हुन् ।
५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौँ महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरू बीच सम्झौता भएको थियो ।
उनीहरूले वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैलाई व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग अघि सारेका छन् ।
