२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयनमा कृषि मन्त्रालयको उदासीनता !

अ+ अ-

काठमाडौँ । सरकारले बजेट वक्तव्यमा समेटेका कार्यक्रमहरू कार्यान्वयनमा लैजान सरकारकै मन्त्रालयले उदासीनता देखाएको छ । बजेट वक्तव्य २०७८/७९ मा उल्लेख भएका केही कार्यक्रमहरू कार्यान्वयनमा लैजान उदासीनता देखाउनेमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको छ ।

बजेट वक्तव्यमा उल्लेख भएका ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने गरी प्रारम्भिक कार्य अघि बढाउने, सबै प्रदेशका १-१ कृषि फर्मलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरी सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रम मन्त्रालयले कार्यान्वयन नगरेको महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख गरिएको छ ।

यसैगरी पश्मिनाको मूल्य शृङ्खला अभिवृद्धिका लागि कृषक समूह तथा फर्मलाई म्याचिङ्ग अनुदान प्रदान गर्ने, मकै र गहुँको स्रोत बीउमा उत्पादकलाई बीउ बिक्री परिमाणको आधारमा ५० प्रतिशत प्रोत्साहन उपलब्ध गराउने, इलाममा अलैँची, मकवानपुरमा तरकारी, सल्यानमा अदुवा र जुम्लामा स्याउ लक्षित औद्योगिक कृषि बजारको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण कार्य सुरु गर्ने कार्यक्रम बजेटमा उल्लेख भए पनि मन्त्रालयले कार्यान्वयन गरेको छैन । 

निजी क्षेत्रको सहभागितामा जैविक विषादी कारखाना स्थापना गर्न ५० प्रतिशतसम्म पुँजीगत अनुदान कार्यक्रम सञ्चालन गर्ने, सल्यानको कपुरकोट र डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्न पूर्व तयारीका कार्य गर्ने, कोहलपुरमा धुलो दूध कारखाना स्थापना गर्ने, लुम्बिनी दुग्ध वितरण आयोजनाको लागि क्रिम सेपरेटर, होमोजिनाइजर, पाश्चराइजर तथा चिलिङ्ग भ्याटलगायतका उपकरण खरिद, चोभारको निर्माणाधीन फलफूल तथा तरकारी हाटबजार सञ्चालन गर्ने लगायतका कार्यक्रम बजेट वक्तव्यमा समेटिए पनि मन्त्रालयले कार्यान्वयन नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकको कार्यालयले बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयनमा लैजान भनेको छ ।

तत्कालिन व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) आयोजनाबाट निर्माण गरिएको चोभारको निर्माणाधीन फलफूल तथा तरकारी हाटबजार भवनको अवस्था बेजोग छ । समयमै भवन निर्माण कार्य सम्पन्न नभएको मात्रै होइन, अध्ययन नगरी पैशा खर्च गर्नकै लागि ठड्याइएको भवनको भुईतलामा उम्रिएको पानी हेरिनसक्नुको हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस