काठमाडौँ । प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’ मा समस्या देखिएको छ । शनिबारदेखि सिस्टम अपग्रेड गर्ने क्रममा आएको समस्या देखिएको हो । उक्त समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्राहीलाई समस्या भएको छ ।
नेपाल प्रहरीका अनुसार ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’ मा समस्या आएको छ ।
साथै ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको जनाइएको छ ।