काठमाडौँ । नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएको छ । शुक्रबारबाट नयाँ वर्षको अवसर पारेर सेवा सुरु गरिएको हो ।
मौलाकाली केबलकार व्यवस्थापन विभागका शुक्रबार बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेसनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए ।
केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिने जनाइएको छ ।