सिटिजन्स बैंकद्वारा छुट योजना सार्वजनिक  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिटिजन्स बैंकद्वारा छुट योजना सार्वजनिक 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकले आकर्षक छुट योजना सार्वजनिक गरेको छ।

बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्याक, लगायतका योजना सार्वजनिक गरेको हो।

आगामी वैशाख ७ गते सिटिजन्स बैंकले १६ औँ वार्षिकोत्सव मनाउँदै छ ।  

बैंकका अनुसार योजना अन्तर्गत डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले पास मेसिन र अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्म क्यास ब्याक दिइने छ।

यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २ सयसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस