पोखरा । सेती नदी किनारको खोचमा खसेकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार पोखरा महानगरपालिका-८, नागढुंगाकी स्मृति पराजुली घुम्न जाने क्रममा खोचमा खस्न थिइन् ।
दिउँसो ३ बजेतिर पोखरा-१५ स्थित सेती खोचमा खसेकी उनलाई साढे दुई घण्टापछि बेहोस अवस्थामा उद्धार गरिएको थियो ।
उद्धारपश्चात् उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।