काठमाडौँ । नेपालले आज एकदिवसीय अभ्यास खेल ओमानसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान खेल हुनेछ ।
नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् ।
नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । आईसीसी विश्वकप लिग-२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको थियो ।