२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषि उपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले उक्त एम्बुलेन्सको शुभारम्भ गरेका छन् ।

उनले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्‍याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिँदै उनले कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना हुने बताए । कृषकलाई आत्मनिर्भर बनाउन उनीहरूद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै महानगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको उनको भनाइ थियो ।

महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए । उनका अनुसार कार्यक्रममा कृषकले आफ्नो वडाको वा पायक पर्ने कृषि उपज सङ्कलन केन्द्रमा सम्पर्क गरी उक्त सेवा लिन सक्नेछन् ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले एम्बुलेन्सले वडाका सङ्कलन केन्द्रबाट रेफ्रिजरेटरसहितको एम्बुलेन्सले सङ्कलन गर्ने गरी फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना (कोइका)सँगको सहकार्यमा पोखरा महानगर पालिकाले सञ्चालन गर्ने जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरका आर्थिक प्रशासन प्रमुख बोधराज कार्की, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनालगायतले कृषि एम्बुलेन्सले महानगरका कृषक र उपभोक्ता दुवै लाभान्वित हुने र तरकारी तथा फलफूललाई आयातलाई कम गर्न सघाउ पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस