प्रकाश सपुतको ‘सकम्बरी’ मा अभावले मान्छेलाई केसम्म गर्न बाध्य बनाउँछ भन्ने सन्देश ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रकाश सपुतको ‘सकम्बरी’ मा अभावले मान्छेलाई केसम्म गर्न बाध्य बनाउँछ भन्ने सन्देश !


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । गायक प्रकाश सपुतले ‘सकम्बरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा प्रकाश आफ्नै स्वर, शब्द र सङ्गीत रहेको छ । स्वरमा प्रकाशलाई वर्ता गन्दर्भले साथ दिएकी छन् ।

अभावले मान्छेलाई के–के सम्म गराउन बाद्य बनाउँछ भन्ने गीतमा समावेश छ । श्रीमतीले छोरी मात्रै जन्माएको भन्दै बुवाले दोस्रो विवाह गरेपछि बहिनी र आमाको लालन पालनको जिम्मा आफ्नो काँधमा आएपछि एक युवती कसरी अवसर बादीबाट शोषणमा पर्छिन् गीतले भन्न खोजेको छ ।

अर्काको अभावमा खेलेर जिन्दगी बबार्द बनाइदिनेहरू सहरका चोक-चोकमा रहेको यथार्थलाई गीतले चित्रण गरेको छ ।

भिडियोको निर्देशन पनि प्रकाश स्वयमले गरेका हुन् । भिडियोमा प्रकाशसँगै कुसुम शर्मा, सुनील थापालगायत कलाकारको अभिनय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस