गोविन्दराज जोशीले जनाए स्वर्णिम वाग्लेलाई समर्थन गर्ने प्रतिबद्धता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गोविन्दराज जोशीले जनाए स्वर्णिम वाग्लेलाई समर्थन गर्ने प्रतिबद्धता


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । पूर्व कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

रास्वपासँग आज भएको वार्तामा जोशीले उक्त प्रतिबद्धता जनाएका हुन् । 

वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस