नेपाली शान्ति सैनिकहरूको अदलीबदली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली शान्ति सैनिकहरूको अदलीबदली


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि Central African Republic मा तैनाथ शान्ति सेनाको अदलीबदली गरिएको छ ।

High Readiness Protection Battalion (HRPB) मा सहभागी श्री जबरजंग गण (शान्ति सेना) चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट (सातौँ डफ्फा) लाई अदलीबदली गरिएको हो ।

बुधबार बदली गर्नको लागि श्री भवानीबक्स गण, पाँचौँ डफ्फा र श्री सैनिक प्रहरी युनिट, आठौँ डफ्फाका १६३ जना सैनिकहरूको अन्तिम टोली सेनानी केशव बहादुर थापाको नेतृत्वमा Ethiopian Airlines को विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी रित बहादुर रानाभाटको कमाण्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरु यस अगावै मिसन ईलाकामा पुगिसकेका छन् ।

यस्तै, उक्त मिसनमा तैनाथ श्री जबरजंग गण, चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट, सातौँ डफ्फाका १६२ जना सैनिकहरू प्रमुख सेनानी राजेश विक्रम शाहीको नेतृत्वमा मिति २०७९ चैत्र २९ गते स्वदेश फिर्ता भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस