२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैङ्क तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।

महासङ्घको टोलीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैङ्क तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।

भेटमा महासङ्घका अध्यक्ष कुमार कार्कीले सात आठ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल १५/१६ प्रतिशतसम्म पुगेको र व्यवसायी थप मर्कामा परेको भन्दै ब्याजदर घटाउन माग गरे । ‘मुलुकमा व्यवसायको वातावरण निर्माण गर्न ब्याजदर एक अङ्कमा कायम गर्नुपर्छ भन्ने माग महासङ्घको हो’, उनले भने ।

महासङ्घले करका दर, भन्सार दरबन्दी घटाउनुपर्ने, विदेश पलायन हुँदै गएका युवालाई सीपमूलक तालिम प्रदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई कृषिजन्य उत्पादनसँग जोड्नुपर्ने, उद्योगी र किसानबाट उत्पादित सामान सहजै बजारसम्म लैजाने वातावरण निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।

यस्तै, राजधानीलगायत देशभरका प्रमुख व्यापारिक केन्द्रको पार्किङ र फुटपाथ व्यवस्थित, भन्सार नाकामा हुने समस्याको समाधान, वैज्ञानिक घर भाडा लागू तथा महिला तथा युवा उद्यमीलाई सहुलियत कर्जा कम्तीमा रु २५ लाख कर्जा उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घले देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई चाँडो सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको व्यवसायीको समस्या समाधान गर्न सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरीय समिति गठन गर्नुपर्ने, आयकर र मूल्य अभिवृद्धि कर घटाउनुपर्ने, बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा ६ महिना बनाउन माग गरेको छ ।

भेटमा अर्थमन्त्री डा महतले उद्योगी व्यवसायीले राखेका माग समाधानका लागि आफूले पहल थालेको बताए । ‘यसअघि पनि विभिन्न उद्योगी व्यवसायीसँग भेट भएको छ, यहाँहरूले राखेको मागप्रति सरकार गम्भीर छ’, उनले भने ।

अर्थमन्त्री डा. महतले देशको अर्थतन्त्र जोगाउन निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । विसं २०७४ मा स्थापना भएको महासङ्घमा देशभरका २५ सङ्घका झण्डै एक लाख उद्योगी व्यवसायी सदस्य रहेको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस