वीरगञ्ज । रौतहटको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानु फरार भएका छन्।
आफ्नो नाममा अरूलाई एसइईको परीक्षा दिन लगाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि मेयर कानुसहित तीन जना आरोपितहरू फरार भएका हुन्।
मेयर कानु, मौलापुर नगरपालिका-५ स्थित लक्ष्मी निया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह फरार भएका हुन्।
उनीहरू तीनै जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको दिनदेखि नै फरार भएका हुन् ।