२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछापमा ७२ वर्षीया वृद्धालाई नागरिकता प्रदान

अ+ अ-

रामेछाप । रामेछाप नगरपालिका-५ हिमगङ्गाकी ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाएकी छन्।

अपाङ्गता भएका एक जना र ७२ वर्षीया वृद्धालाई प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन्।

रामेछापका प्रमुख जिल्ला अधिकारी निरौलाको नेतृत्वमा गएको टोलीले अपाङ्गता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीया वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता प्रदान गरेको हो।

बहत्तर वर्षीया सुनुवारको यसअघि पनि नागरिकता बनाउन प्रयास गरिए पनि सफल नभएको वडा सदस्य रोजकुमार श्रेष्ठले बताए।

नागरिकता नबन्दा उनीहरू सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवा सुविधाबाट वञ्चित भएका थिए।

प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता दिएपछि आफूलाई असाध्यै खुसी लागेको भक्तमायाका आफन्त मैया सुनुवारले बताइन्।

यातायातको सहज पहुँच नहुँदा अपाङ्गता भएका व्यक्ति तथा वृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ।

अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने योजना रहेको प्रमुख जिल्ला अधिकारी निरौला बताइन्।

नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस