विराटनगर । बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत मोरङले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई शुक्रवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश प्रकाश कोइरालाको इजलासले क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित सञ्चालक समितिका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई थुनामा राख्ने आदेश दिएको हो । अध्यक्ष शर्मासहितका ५ जना फरार छन् ।
१ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो ।