रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबाबमा नगरेको महान्यायाधिवक्ता पोखरेलको जिकिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबाबमा नगरेको महान्यायाधिवक्ता पोखरेलको जिकिर


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबाबमा नगरेको बताएका छन् ।

शुक्रबार आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रूपमा नै टुंगिएको बताए ।

उनले भने, ‘प्रकियासम्मत रूपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दबाबमा टुंगिएको हैन । तपाईँहरूलाई महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त हुने भएकाले राजनीतिक रूपमा टुङ्ग्यायो भन्ने लाग्ला । तर हामी विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको हो ।’

प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताले पनि सदर गरेका थिए ।

महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेस गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस