पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिए ।

कोशी प्रदेश नामकरणविरुद्धमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको चैत १० मा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रदेश–१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस