पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावको कारणले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

त्यस्तै, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तैगरी आज राति कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस