प्रतितोला ८ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन आज(बिहीबार) भने तोलामा ८ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको थियो ।

यस्तैगरी आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको एक हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस