२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधिबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।

नेपालको विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि मण्डलसँग आज (बुधबार) भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् ।

‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ उनले भने, ‘तर आन्तरिक विवाद छिटोभन्दा छिटो समाधान हुन आवश्यक छ ।’ सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरूमा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रियरुपमा नै ख्याति कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उनले जबाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताइन् ।

सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजीकरण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस