२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीपारि सर्पदंशको उपचार सेवा

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।

सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख डा.राजेश जोशीले बताए । ‘अब एन्टिस्नेक भेनम आएपछि उपचार सुरु हुन्छ, बाँकी जनशक्ति र भौतिक संरचनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने, ‘अहिले हामीसँग आइसीयूको सुविधा नभएकाले सामान्य बिरामीको उपचार गर्न सक्छौँ, आइसीयू आवश्यक पर्ने बिरामी सिफारिस गर्नुपर्छ ।’

सो महाशाखाले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई विसं २०८३ चैत १९ गतेसम्मका लागि सर्पदंश उपचार केन्द्रका लागि अनुमति दिएको छ । महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रलाई सर्पदशंका बिरामीको उपचारका प्रयोग गरिने एन्टिस्नेक भेनम उपलब्ध गराउन पत्राचार पनि गरेको छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चार मेडिकल अफिसर छन् । तीमध्ये एक सर्पदंशको उपचार तालिमप्राप्त जनशक्ति छन् । प्राथमिक स्वास्थ्य केन्द्र एक भेन्टिलेटर जडित छ । महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवाका लागि वडा नं ६ मा एक मात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ । दोधारा चाँदनीका सर्पदंशका बिरामीले उपचारका लागि भारत तथा महेन्द्रनगरतर्फ आउनुपर्ने बाध्यता छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि दोधारा चाँदनीका स्थानीय बासिन्दालाई सर्पदंशको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने नगर प्रवक्तासमेत रहनुभएका दोधारा चाँदनी–६ का अध्यक्ष ओम बस्नेतले बताए। ‘सर्पदंशको उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले अनुमति पाएको छ, योसँगै अब तत्कालै सर्पदंशको उपचार सुरु हुन्छ’, उनले भने, ‘यहाँ सर्पदंशको उपचार नहुँदा बाहिर जानुपर्थ्यो, सर्पदंशका बिरामीले तत्कालै उपचार नपाएर अन्यत्र लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने विश्वास लिएका छौँ ।’

केही महिनाअघि सो स्वास्थ्य केन्द्रमा रेबिजको खोप सेवा पनि थपिएको उनले बताए । दोधारा चाँदनीको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा परिणत गर्ने योजना बनाएको नगर प्रवक्ता बस्नेतले बताए ।