इन्डियन प्रिमियर लिग : चेन्नईद्वारा लखनउ १२ रनले पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : चेन्नईद्वारा लखनउ १२ रनले पराजित


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पार्न सफल भएको छ । दोस्रो खेलमा चेन्नाईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।

सोमबार राति घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा लखनउमाथि चेन्नाई १२ रनले विजयी भएको हो ।

चेन्नाईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सकेको थियो ।

लखनउका लागि ओपनर कायल मेयर्सले लगातार दोस्रो अर्ध शतक बनाउने क्रममा २२ बलमा ५३ रन बनाए । मेयर्सले ८ चौका तथा २ छक्का प्रहार गरेका थिए। निकोलस पुरनले १८ बलमा ३२ रन बनाउँदा मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए । आयुष बदोनीले १८ बलमा २३ रन बनाउन सफल भएका थिए ।

कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए । त्यस्गरी चेन्नाईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिएका थिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।

चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नाई २ अंकका साथ छैटौँ स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस