काठमाडौँ । उप-चुनावको उम्मेदवार टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक दिउँसो साँढे १२ बजे पार्टी मुख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
चितवन-२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ-१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुङ्गो लाग्नेछ ।
आगामी वैशाख १० गते उप-चुनाव हुँदैछ ।