२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जा मन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

सिंहदवारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे । उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए ।

ऊर्जा मन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे । उनले भने, ‘देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ ।’

मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औँल्याए । ‘मानिसमा आशावाद जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’ का साथ इमानदारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ’, उनले भने ।

ऊर्जा मन्त्रीको पहिलो निर्णय
ऊर्जा मन्त्री बस्नेतले पद बहालीसँगै पहिलो निर्णयका रूपमा विश्व मौसम सङ्गठन (डब्लुएमओ) बाट विकास भई मन्त्रालयमा रहेको ‘साउथ एसिया फ्लास फ्लड गाइडेन्स सिस्टम’ तथा डब्लुएमओसँग सम्बन्धित कार्यका लागि समन्वय र सहकार्य गर्न सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखालाई फोकल शाखा र उक्त शाखाका सी।डि। हाइड्रोलोजी सुनिल पोखरेललाई नेशनल फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले अनुभवी र निर्भीक मन्त्री पाएको भन्दै मन्त्रीको स्पिरिटमा मन्त्रालयको कामलाई नतिजामुखी बनाउन हर सम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे । उनले मन्त्रालय मातहत निकायको कामलाई प्रभावकारी समन्वयका साथ अघि बढाउने उल्लेख गरे ।

मन्त्री बस्नेतको राजनीतिक यात्रा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले यसअघि विसं २०६८ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, विसं २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा जाजरकोट जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा मन्त्री बस्नेत निर्वाचित भएका थिए । उनको जन्म विसं २०२७ मा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१, काल गाउँमा भएको थियो ।

तीन दशकदेखि राजनीतिमा आबद्ध मन्त्री बस्नेतको राजनीतिक यात्रा भने विसं २०४१ मा अनेरास्ववियुबाट भएको थियो । उनले अनेरास्ववियुको विद्यालय एकाइ समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा सुरु गरे ।

विसं २०४७ मा नेकपा (मशाल) को सदस्यता जिल्ला समन्वय समिति सदस्य, क्षेत्रीय ब्युरो सदस्य हुँदै नेकपा (एकता केन्द्र) र विसं २०५५ मा माओवादी केन्द्रीय सदस्य बने । उनी पार्टीभित्र पोलिटब्युरो सदस्य, एमाओवादी स्थायी समिति सदस्य हुँदै विसं २०७५ मा नेकपा (एमाले) को स्थायी समिति सदस्य बने । उनले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताएका थिए ।

पहिलो पटक विसं २०७० को संविधानसभा सदस्यका रूपमा उनको संसदीय यात्रा सुरु भएको थियो । उनी दोस्रो पटक विसं २०७४ को निर्वाचनमा जाजरकोट-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस