विशेषले फैसला गरेका मुद्दामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विशेषले फैसला गरेका मुद्दामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतले विभिन्न मितिमा फैसला भएका मध्ये गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा दिएको फैसलामाथि चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

आयोगले विनोदकुमार सिंह, गीता देवी सिंह,अनुप कुमार सिंह र अचल कुमार सिंहविरुद्ध गैर कानुनी रूपमा १ करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ बराबरको गैर सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले सोही रकम बराबरको बिगो दाबी माग गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस