२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिमलाई विश्वको कटाक्ष : काँग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो लाग्दैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विश्व पौडेलले पार्टीबाट डा. स्वर्णिम वाग्लेको विद्रोहलाई डढेलो नलाग्ने झिल्कोको संज्ञा दिएका छन् ।

शुक्रबार फेसबुकमा एक सन्देश लेख्दै पौडेलले वाग्लेको विद्रोहलाई ‘आगोको फूल’को भनेका छन् ।

यस्तो छ पौडेलको स्ट्याटस
आगोका फूल
चितवन काँग्रेसले सबभन्दा पहिले (२०१५ सालमा) संसद सदस्य हुन विश्वबन्धु थापालाई उठाएको थियो। चितवन काँग्रेसका संस्थापक सभापति बखानसिंह गुरुङ आफैँ एक २००७ सालमा सहिद हुनुभएका आदरणीय धर्म ध्वज गुरुङका पिता हुनुहुन्थ्यो। पूर्वी चितवनका उदयनाथ अधिकारी पनि संस्थापक जिल्ला समिति सदस्य हुनुहुन्थ्यो। इलाहाबादमा सूर्यबहादुर थापाहरूसँगै पढेर चितवन फर्केका शेरपानीका जमिनदार परिवारका किशोरचन्द्र ढुङ्गाना २०१४ सालमा जिल्ला सदस्य भए।

खोरिया फाँडेर, लामखुट्टेसँग लड्दै पड्दै आफ्ना सन्तानको भविष्य बनाउन चितवन झरेका धेरै मान्छेलाई मर्दापर्दा सहयोग गरेर यी जस्ता व्यक्तिहरूले चितवन काँग्रेसको सङ्गठन विस्तार गरेका थिए ।

२०१५ सालमा पूर्वी चितवनका विश्वबन्धु थापा काँग्रेसका उम्मेदवार बने। ग्राउन्डमा प्रभाव कम भएपनी पढाई राम्रो भएको र केन्द्रमा प्रभाव भएकोले उनले टिकट पाएका थिए। त्यसको विरुद्ध अस्ति भर्खर वित्नु भएकी स्व। मायादेवी श्रेष्ठ, हरिकुमार श्रेष्ठ आदिले वागी उम्मेदवारको रूपमा उम्मेदवारी दिएका थिए। बागी नउठुन भनेर जिल्लामा संभवतस् सर्वाधिक लोकप्रिय रहेका बखानसिंह गुरुङलाई महासभामा ९अहिलेको राष्ट्रिय सभामा० लैजाने सहमति भयो। थापाले ४४ प्रतिशत मत सहित चुनाव जिते।

महेन्द्रले बहुदल हरण गरेपछि थापा पञ्चायतमा गए, तर धेरै काँग्रेसीहरूलाई उनले माया गरिरहे भनिन्थ्यो। थापासँगै सुरुमा पञ्चायतलाई सहयोग गरेका किशोर चन्द्र ढुङ्गानाले आफू जिल्ला पञ्चायतको सभापति हुँदा २०२० सालमा पञ्चायत व्यवस्थाको विरुद्ध माग पारित गराए। त्यसपछि गिरफ्तार भएका ढुङ्गाना पछिसम्म पूर्व चितवनका काँग्रेसका लोकप्रिय खम्बा रहे।

बखानसिंह गुरुङको अर्का छोरा लालध्वज गुरुङ पञ्चायत विरुद्ध आन्दोलनमा मारिए, बखानसिंह आफैँ भने पछि २०३८ सालमा पञ्चायत प्रवेश गरेर चुनाव जित्नुभयो। मैयाँदेवीले सधैँ काँग्रेसलाई माया गरेर बस्नुभयो।

काँग्रेसमा एउटा लामो संस्कार के छ भने जानेलाई गाली नगर्ने। महन्त ठाकुर सबैले मन पराउँथे, जानुभयो, कसैले गाली गरेन। फर्केर आउनेलाई पनि स्वागत गर्ने नै चलन छ।

काँग्रेस चितवनको घना जङ्गलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो। यसमा खोलाहरू आएर मिसिन्छन, कुलाहरूबाट पानी निस्कन्छन्, र धेरै फेरी फर्केर आउँछन्। काँग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन। यी आगोका फूल हुन, बढ्दैनन्।

प्रतिक्रिया दिनुहोस