‘एमालेले चाहे गठबन्धन तोड्न धेरै समय लाग्दैन’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘एमालेले चाहे गठबन्धन तोड्न धेरै समय लाग्दैन’


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् ।

आज प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए ।

उनले भने, ‘अहिलेको गठबन्धन भत्काउने, तोड्ने जस्ता खेलमा नलागेको जनाए । तर एमालेले चाहेमा गठबन्धन तोड्न धेरै समय नलाग्ने उनले बताए । उनले भने, ‘अहिले म तिथिमितितिर जान्नँ । मैले यति भनेँ की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ ।’

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको बताए । उनले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस