इन्डियन प्रिमियर लिग : पहिलो खेलमा गुजरात र चेन्नाई भिड्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्डियन प्रिमियर लिग : पहिलो खेलमा गुजरात र चेन्नाई भिड्ने


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट आजबाट सुरु हुदैछ ।

अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ पौने ८ मा सुरु हुनेछ ।

गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रिँदा चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । होम एण्ड अवे प्रणालीमा हुने आईपीएलमा १० टिम सहभागी हुनेछन् । जसमा ७४ खेल हुनेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकता नाइट राइडर्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस