२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक कामबारे अभिलेख राख्ने

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ।

विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्य योजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।

उनका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न आवश्यकको कामका योजना बनाइने छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेका थिए।

देशको ऐनाका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन उनले पटक पटक छड्के निरीक्षण र विमानस्थलका उच्च अधिकारीसँग चरणबद्ध छलफल गर्दै आएका छन्।

बिहीबार पनि मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग छलफल गर्दै विमानस्थल सुधारमा किन सुस्तता भनी प्रश्न गरेका थिए।

उनले विमानस्थलको सेवाबारे पदाधिकारीसँग दर्जन बढी प्रश्न गर्दै तिनको जवाफ कामको परिणाममा दिन निर्देशन दिएका थिए।

यात्रुको ब्यागेज चोरिएको घटनाको सत्य तथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङबारे, सरसफाइ अभियान लगायतका विभिन्न विषयमा विमानस्थलका अधिकारीलाई प्रश्न गरेका थिए। ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे पनि उनले जिज्ञासा राखेका थिए।

महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्य योजना बनाइने भएको छ। यस्तो कार्य योजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ।

‘आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्याङ्कन आफैँ र सहकर्मीको समेत मूल्याङ्कन गर्ने पद्धति विकास भएको छ । विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु,’ महाप्रबन्धक तिवारीले भने।

विभिन्न विभाग, महाशाखा, शाखा प्रमुखले आफूले दैनिक सम्पादन गरे/गराएको कामलाई कम्तीमा शाखा प्रमुखले महाशाखा प्रमुख समक्ष, विभागअन्तर्गत महाशाखा प्रमुखले विभागीय प्रमुख समक्ष र विभाग नभएका महाशाखा प्रमुख र विभागीय प्रमुखले महाप्रबन्धकलाई भाइबररम्यासेन्जरमार्फत वा प्रत्यक्ष दैनिक रिपोर्टिङ गर्नुपर्ने छ।

विभाग र महाशाखा प्रमुखको समीक्षा समन्वयात्मक बैठक हरेक साता सोमबार ११ बजे बस्ने गरी तोकिएको छ ।

विमानस्थलका कर्मचारीलाई कामप्रति जिम्मेवारी बोध गराउने तथा यात्रुको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको महाप्रबन्धक तिवारीको भनाइ छ।

विमानस्थलमा सरसफाइ, यात्रु सूचना र सहायता कक्ष बनाउन लागिएको, नेपाल वायुसेवा निगमलाई यात्रुप्रति बढी जिम्मेवार बनाउने कामका साथै ट्रली सुधारका लागि प्रक्रिया अघि बढेको उनले बताए।

प्रतिक्रिया दिनुहोस