मौसम पूर्वानुमान : पहाडी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मौसम पूर्वानुमान : पहाडी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गर्दा देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ।

त्यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस