संक्रमणकालीन न्यायको टुङ्ग्याउनुपर्छ : केपी ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संक्रमणकालीन न्यायको टुङ्ग्याउनुपर्छ : केपी ओली


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने गरी अगाडि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप अगाडि बढाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरूले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको भन्दै उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन नसकिने बताए । उनले सहिद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध गरे ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडि बढ्नुपर्ने बताए । त्यस्तै पीडितले न्याय पाउनुपर्नेसमेत बताए । अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्र्याकको नाममा अगाडि बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरूले विरोध गर्ने उनले बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्नेरनउठ्ने हो, त्यो हेरिरहेको बताए । सीमा मिचिएको विषय साउती गर्ने विषय नभएको भन्दै उनले सार्वजनिक रूपमा छलफल गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस