विमानस्थल प्रशासनलाई सोधेको प्रश्नको जवाफ दिन मन्त्री किरातीको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विमानस्थल प्रशासनलाई सोधेको प्रश्नको जवाफ दिन मन्त्री किरातीको निर्देशन


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई प्रश्न सोधेका छन् ।

बिहीबार विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग छलफल गर्दै उनले विमानस्थलसम्बन्धी एक दर्जन प्रश्न गरेर त्यसको जवाफ मागेका हुन् ।

उनले आफूले सोधेको प्रश्नका जवाफ परिणाममा गर्न भन्दै ब्यागेज चोरिएको घटनाको सत्य तथ्य खुलाउन समेत निर्देशन दिएका छन् ।

सरसफाइ अभियान के कस्तो चल्दै छ भन्दै उनले समयमा जहाज उड्दै छ कि छैन भनेर समेत सोधेका छन् । यात्रुमैत्री विमानस्थल बन्दै छ कि छैन, विमानस्थल भित्र महँगी नियन्त्रण भयो कि भएन भनेर समेत मन्त्री किरातीले सोधेका छन् । अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङबारे अहिले के भइरहेको छ र कहिलेसम्म निर्माण हुन्छ भनी सोधेका छन् ।

ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो, शौचालय भित्र बजिरहेको सङ्गीत किन बन्द भयो, महिला शौचालयमा सेनिटरी प्याड राख्ने काम के भयो भनी उनले सोधेका छन् ।

एयरपोर्ट अगाडिको ब्यूटिफिकेसन के भयो, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो र एयरपोर्ट भित्र वाइफाइ प्रभावकारी किन चल्दैन भन्ने प्रश्नको समेत मन्त्री किरातीले जवाफ मागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस