स्वर्णिम वाग्लेलाई रोक्न महामन्त्रीद्वय थापा र शर्मा सक्रिय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वर्णिम वाग्लेलाई रोक्न महामन्त्रीद्वय थापा र शर्मा सक्रिय


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई रोक्न दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा लागि परेका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचनमा रास्वपाले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि महामन्त्रीद्वय थापा र शर्मा उनलाई रोक्न लागि परेका हुन् ।

वाग्ले जत्तिको सम्भावना भएको नेतालाई काँग्रेसले गुमाउन नहुने भन्दै महामन्त्रीहरूले सम्भावित विकल्प र अरु अवसरहरूबारे कुरा गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गराइसकेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस