पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ । पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार भने देशका पहाडी भू-भागका साथै तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस