२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बरु सरकारले धामी झाँक्रीबाट उपचार गराऊ भनोस्’

अ+ अ-

काठमाडौँ । रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महँगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताइन् ।

विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाएको भन्दै सांसद घर्तीले सोधिन्, ‘यसमा सरकारलाई लाज सरम र अप्ठ्यारो लाग्छ कि लाग्दैन ?’

विशेषज्ञ डाक्टरको अनुहार देख्न नपाउने हो भने रोल्पालीलाई परम्परागत धामी झाँक्रीबाट उपचार गर सरकार सक्दैन भन्न पनि घर्तीले आग्रह गरिन् । ‘होइन भने तत्काल ओएनएम सर्वे गरेर विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरी पर्याप्त विशेषज्ञको दरबन्दी सिर्जना गर्न र हाल रोटेसनमै भए पनि विशेषज्ञ डाक्टरको व्यवस्था गर्न म आग्रह गर्दछु’ उनले भनिन् ।

सांसद घर्तीले देशभरका ५१ हजार ४२३ सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सरकारले परिचयपत्र पनि नदिएर अन्याय गरेको बताइन् । उनले भनिन्, ‘जसका कारण उनीहरू राज्यबाट स्वास्थ्य बीमा र अन्य सुविधाबाट वञ्चित भइरहेका छन्।’

प्रतिक्रिया दिनुहोस