२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटर ब्याज पीडितलाई मुख्यमन्त्री यादवको साथ : संयुक्तरुपमा लड्न आह्वान

अ+ अ-

काठमाडौँ । मधेश प्रदेश सरकारले मिटर ब्याज पीडितको आन्दोलनमा आफ्नो साथ रहेको बताएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा साथ रहेको बताएका हुन् । उनले लामो समयदेखि आन्दोलित मिटरब्याज पीडितलाई समस्या समाधानका लागि संयुक्तरुपमा लड्न आह्वान गरेका छन् ।

उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन् गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रूपमा लड्न अपिलसमेत गरेका छन् । ‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरूलाई आह्वान गर्दछु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन् ।

मधेसका विभिन्न जिल्लाका मिटर ब्याज पीडितहरू बर्दिबासबाट ११ दिन पैदल हिँडेर न्यायको माग गर्दै सोमबार काठमाडौँ आइपुगेका छन् । उनीहरूले मिटरब्याज मिनाहा हुनुपर्ने, तमसुक प्रथा अन्त्य हुनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेका छन् ।

मिटरब्याजबाट तराईका अधिकांश मानिसहरू पीडामा परेको भन्दै मुख्यमन्त्री यादवले आफू जिम्मेवारीबाट कहिले नभाग्ने न्यायका लागि साथ लिन बताए । ‘ठूलो वेदना बोकेर काठमाडौँ पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरू । तपाईँको हरेक पाइलामा हाम्रो साथ छ, तपाईँको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ,’ मुख्यमन्त्री यादवले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस