२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा प्रवाहमा सुशासन ल्याउन प्रजिअ श्रेष्ठलाई ज्ञापन पत्र

अ+ अ-

डोटी । बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले सार्वजनिक सेवा प्रवाहमा सुशासन ल्याउन डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई मंगलबार ७ बुँदे ज्ञापन पत्र बुझाएका छन् । असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बासले मंगलबार डोटीका प्रजिअ श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था अनुसार सार्वजनिक निकायले अनिवार्य सूचना अधिकारी तोक्ने र आवश्यक सूचना प्रवाह गर्ने, सूचनाको हक बमोजिम प्रक्रिया पुर्‍याएर सूचना माग गर्ने नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउनु पर्ने, सार्वजनिक निकायले ३/३ महिनामा आफ्नो निकायसँग सम्बन्धित विवरण स्वतःस्फूर्त रूपमा सार्वजनिक गर्नुपर्ने, नियमित रूपमा नागरिकहरूको गुनासो सुनुवाइ गर्नुपर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार सार्वजनिक निकायले चौमासिक रूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने, बिना झन्झट आवश्यक सूचना र सेवा सर्वसाधारणलाई छिटो, छरितो तवरले उपलब्ध गराउनुपर्ने, सरकारी सवारी साधनहरूको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्नुपर्ने, सूचनाको हक सम्बन्धीको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्नुपर्ने, स्थानीय तह तथा सबै कार्यालयहरूमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने लगायतका बुँदाहरू उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापन पत्र बुझ्दै ज्ञापन पत्रमा उल्लेख गरिएका सवालहरू नागरिकले प्राप्त गर्ने सेवा सँग सम्बन्धित भएकोले यसको पूर्ण कार्यान्वयन गर्ने बताए । प्रजिअ श्रेष्ठले ज्ञापन पत्रमा भएका कुराहरू केही कार्यान्वयन भइरहेका छन् बाकी सवालहरूको बारेमा प्रत्येक महिनाको पाँच गते कार्यालय प्रमुख र सूचना अधिकारीको बैठकमा पनि बृहत् रूपमा छलफल गरी परिपत्र गर्ने समेत प्रतिबद्धता जनाएको बास डोटी शाखाका अध्यक्ष सरिता कठायतले बताइन् ।

बास डोटी शाखाले आयोजना गरेको भ्रष्टाचार विरुद्धको शुद्धीकरण कार्यक्रम अन्तरगत प्लेकार्ड सहित बजार परिक्रमा गरी प्रजिअलाई ज्ञापन पत्र बुझाएका हुन् । कार्यक्रममा बास डोटी शाखाका पदाधिकारी, पत्रकार, नागरिक समाजको समेत उपस्थिति रहेको थियो ।