एकीकृत समाजवादीद्वारा मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीद्वारा मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले मिटरब्याजीविरुद्धको आन्दोलनले उठाएको माग अविलम्ब पूरा गर्न र उक्त अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा सहभागिताको सम्बन्धमा गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेस गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार नयाँ कार्य विभाजन र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न केन्द्रीय सङ्गठन विभाग र केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

पार्टी उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जङ्गलीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बैठकले उपाध्यक्ष प्रमेशकुमार हमालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस