डा. कोइराला लेख्छन् : प्रधानन्यायाधीशलाई सभामुख भन्दा तल्लो वरियतामा राख्ने विधेयक संविधान विपरीत छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. कोइराला लेख्छन् : प्रधानन्यायाधीशलाई सभामुख भन्दा तल्लो वरियतामा राख्ने विधेयक संविधान विपरीत छ


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल्लो वरियतामा राख्ने प्रस्ताव संविधान विपरीत भएको बताएका छन् ।

संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथिको मर्यादाक्रममा राखेको भन्दै कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मर्यादाक्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत छ । संविधानको धारा २८४ ले प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरूमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरूप छ। स्मरण रहोस् !’

उनले अगाडि लेखेका छन्,‘संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो। तर नेपाली काँग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरूप भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस